कालीकोटबाट नेकपाका शाही विजयी


कालीकोट । कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गर्नुभयो । नौ सय ८६ मतान्तरले पछि पार्दै शाही विजयी भएका हुन् ।

नेपाली कांग्रेसका हर्षबहादुर बमले नौ हजार १३३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (माओवादी)का उम्मेदवार खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले दुई हजार ९३७ मत पाए ।

नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७, राप्रपाका सूर्यबहादुर शाहीले ५६६ र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २६९ मत ल्याए।

विजयी शाहीले २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचित भएपछि ऊर्जामन्त्री, ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  ०७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।