फराकिलो मतान्तरका साथ रुपन्देही-३ मा रास्वपाका लेखजंग विजयी


काठमाडौं । फराकिलो मतान्तरका साथ रुपन्देही-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लेखजंग थापा विजयी भएका छन् ।

थापाले ५८ हजार ८ सय १४ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङलाई पराजित गरेका हुन् । गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् ।

यस्तै एमाले उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याए । घिमिरे २०७९ को निर्वाचनमा सांसद थिए ।

यस निर्वाचन क्षेत्रबाट राप्रपाका गौरव बोहराले ७ हजार ७ सय ८९ मत ल्याएका छन् ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।