चुनावमा पराजित भएपछि रविन्द्र मिश्रले गरे दलीय राजनीतिबाट बिदाको घोषणा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् ।

शनिबार सामाजिक सञ्जालबाट मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिए पनि राजसंस्था पुनर्स्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको बताएका छन् ।

 

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १२ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।