गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङको अवस्था कस्तो ?


काठमाडौँ । गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङले फराकिलो अग्रता लिएका छन् । हालसम्मको मतपरिणाम अनुसार सुधनले २१ हजार ५५० मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १२ हजार ६०० मत पाएका छन्।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का हरिराज अधिकारीले ८ हजार १६८ मत पाएका छन् भने एमालेका रामचन्द्र लामिछानेले २ हजार ८५७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।