काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबार घटेको सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ३१० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १६३.८ अमेरिकी डलर र चाँदी ८८.३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया