काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार २०० रुपैयाँ र चाँदी १८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ९८५.६५ अमेरिकी डलर र चाँदी ७८.५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया