काठमाडौँ । अमेरिका इजराइल र इरानबीचको द्वन्द्वका कारण पछिल्लो समय सिमेन्ट र डण्डीको मूल्य बढेको छ।
सिमेन्ट र डण्डी दुबैको मूल्य १० रूपैयाँले बढेको हो । केही समय अघिसम्म प्रतिबोरा ६८० रूपैयाँ र पिपिसी सिमेन्ट ७८० रूपैयाँमा पाइने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा १० रूपैयाँ बढेर क्रमशः ६९० र ७९० रूपैयाँ पुगेको छ।
बजारमा डण्डीको मूल्य पनि बढेको छ। पहिले प्रतिकिलो ९५ रूपैयाँमा पाइने डण्डी अहिले १० रूपैयाँ बढेर १०५ रूपैयाँ पुगेको छ ।












प्रतिक्रिया