आठ महिनामा भित्रियो १ लाख ४७ हजार थान विद्युतीय चुलो


काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा १ लाख ४७ हजार विद्युतीय चुलो आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना (साउनदेखि फागुन मसान्त) को तथ्यांक अनुसार नेपालमा विभिन्न प्रकारका कुल १ लाख ४७ हजार ८ सय ६४ थान विद्युतीय चुलो आयात भएको हो ।

खाना पकाउने एलपी ग्यास अभाव भइरहेका बेला इन्डक्सन चुलोमा आकर्षण बढेको छ । चालु आव फागुन मसान्तसम्म १ लाख ४ हजार ७ सय १७ थान इन्डक्सन चुलो नेपाल भित्रिएको छ ।

यसैगरी इन्फ्रारेड चुलो आयात पनि उल्लेख्य छ । समीक्षा अवधिमा ४२ हजार २ सय १८ थान इन्फ्रारेड चुलो आयात भएको विभागले जनाएको छ । इन्डक्सन र इन्फ्रारेड बाहेक अन्य प्रकारका विद्युतीय चुलो भने ९ सय २९ थानमात्र भित्रिएका छन् ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार  ०९ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।