इन्धनको मूल्य बढेपछि अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडानहरू रद्द


काठमाडौं । इन्धनको मूल्य बढेपछि अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडानहरू रद्द भएका छन् । जेटस्टार न्युजिल्यान्डले मध्यपूर्वमा जारी युद्धका कारण हवाई इन्धनको मूल्य बढेको भन्दै केही आन्तरिक सेवा तथा अष्ट्रेलिया र न्युजिल्यान्डबीचका उडानहरू रद्द गरेको हो ।

मूल्य वृद्धिका कारण हब अकल्यान्ड र क्राइस्टचर्च, वेलिङ्टन, सिड्नी तथा ब्रिसबेनबीचका १२ प्रतिशत उडानहरू प्रभावित भएका छन्।

यसैबीच सोमबार, भियतनाम एयरलाइन्सले पनि इन्धनको मूल्य र उपलब्धताको चिन्ताका कारण हप्तामा झण्डै दुई दर्जन आन्तरिक उडानहरू रद्द गरेको छ। म्यानमारका एयरलाइन्सहरूले पनि आफ्नो आन्तरिक उडान तालिकामा कटौती गरेको बताइएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।