वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु, १ करोड ८४ लाख राजस्व संकलन


काठमाडौँ । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरेको छ । हालसम्म ७ वटा हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ ।

पर्यटन विभागले दिने आरोहण अनुमतिमा अहिलेसम्म १० टिमका ८२ जनाले अनुमति लिएका छन्, जसमा २१ महिला र ६१ पुरुष रहेका छन् ।

अहिलेसम्म २५ देशका आरोहीले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा जर्मनीका सबैभन्दा बढी २६ जना रहेका छन् । त्यस्तै पोल्याण्डका १०, क्यानडाका ९ जना र रुसका ७ जना रहेका छन् ।

आरोहण अनुमतिबाट अहिलेसम्म १ करोड ८४ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ७ वटा हिमालमध्ये सबैभन्दा बढी अन्नपूर्ण प्रथमको लागि २२ जनाले अनुमति लिएका छन् । त्यस्तै, आमादब्लमको लागि २० जना, सरिबुङको लागि १२ जना र चुलुका लागि ११ जनाले अनुमति लिएका छन् ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।