काठमाडौँ । सरकारले २०४८ साल यता सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ती छानविन गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले १०० कायदिश सार्वजनिक गर्दै यसबारे समिति गठन गर्ने जनाएको हो।
’देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी १५ दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने, सरकारले जारी गरेको ४३ औं कायदिशमा भनिएको छ, ’सो समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश गर्ने ।’
पहिलो चरणमा २०६२-६३ देखि हाल २०८२-८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण तथा छानबिन हुने जनाइएको छ । दोस्रो चरणमा २०४८ सालदेखि २०६१-६२ सम्मको अवधिमा सार्वजनिक पद धारण गरेका सोही प्रकृतिका पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने उक्त कार्यदिशमा उल्लेख छ ।












प्रतिक्रिया