दुबई बन्दरगाहमा कुवेतको तेल ट्यांकरमा आक्रमण


काठमाडौँ । इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्यांकरमा आक्रमण गरेको छ।

अंकरेज क्षेत्रमा रहेको ‘अल–सल्मी’ नामको जायन्ट ट्यांकरमा सिधै आक्रमण भएको हो । कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी)ले यो आक्रमणलाई ‘आपराधिक’ भन्दै कडा शब्दमा निन्दा गरेको छ र समुद्रमा तेल चुहावटको जोखिम रहेको जनाएको छ ।

कम्पनीका अनुसार घटनाका बेला ट्यांकर पूर्णरूपमा कच्चा तेलले भरिएको थियो ।

दुबई मिडिया अफिसका अनुसार समुद्री अग्निनियन्त्रक टोलीहरूले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । ‘दुबईका अधिकारीहरूले अङ्करेज ‘ई’ क्षेत्रमा कुवेती ट्यांकरमा ड्रोन आक्रमण भएको घटनामा तत्काल प्रतिक्रिया जनाएका छन् । हाल आगो नियन्त्रण र अवस्थाको व्यवस्थापन स्थापित प्रक्रियाअनुसार भइरहेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार  ०८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।