काठमाडौँ । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । शान्तिपूर्णरुपमा परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण सुरु भएको हो ।
पहिलो दिनको परीक्षा सकिएर धेरै ठाउँमा परीक्षण सुरु भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए । परीक्षा भएको तीन दिनमा परीक्षणको काम सक्ने तयारी भएकाे उनले बताए ।
केन्द्राध्यक्षको नेतृत्वमा परीक्षणको काम भएको हो । जुन विद्यालयको विद्यार्थी हो त्यो विद्यालयको शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्न पाउने छैनन् ।
एउटा विद्यालयको शिक्षकले अर्को विद्यलयको विद्यार्थीको परीक्षण गर्नेगरी रोस्टर बनाएको छ,’ नियन्त्रक अधिकारीले भने ।
परीक्षण र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ । यो वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसर्ईईका लागि फारम भरेका छन् । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको थियो । परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।












प्रतिक्रिया