रास्वपाको जीतमा देशी विदेशी शक्तिको योगदान रहेको बादलको दाबी


नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जीतमा विभिन्न आन्तरिक र बाह्य शक्तिहरूको योगदान रहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबार सुरू भएको पहिलो अधिवेशनमा बोल्दै नेता बादलले यस्तो दाबी गरेका हुन् ।

“ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाहलाई एमालेका तर्फबाट बधाई” उनले भने, “जीतमा मुख्यतः सुशीला सरकार, नेपाली सेना, कार्की आयोग, बारबरा फाउन्डेसन एनजीओजस्ता संस्था तथा पात्रहरूको पनि भूमिका रह्यो, उहाँहरूलाई पनि बधाई ।”

साथै उनले टीओबी र एल्गोरिदमले पनि रास्वपाको जीतमा विशेष योगदान दिएको आरोप लगाए ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।