कर्णाली सरकारले थप ६ दिन सार्वजनिक बिदा दिने


काठमाडौँ। कर्णाली प्रदेश सरकारले २०८३ सालमा थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले २०८३ मा ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

‘प्रदेश सरकारले चैत १२ गते असोज २२ गते चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेलाका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार १५ को राष्ट्रिय धान दिवसमा भने जुम्लाबाहेक अन्य प्रदेशका नौ जिल्लामा सार्वजनिक बिदा दिइएको प्रवक्ता शाहले बताए ।

उनका अनुसार साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस र कात्तिक ८ गते कोजाग्रत पूर्णिमामा प्रदेशभर सार्वजनिक बिदा हुनेछ ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार  १२ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।