देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँबाट मंगलबार पक्राउ पुर्जी जारी गरिएको हो ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध पक्राउ पुर्जी लिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार, अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उनीहरु नेपालमा नभएकाले पक्राउ गर्न सकिएको छैन । हाल देउवा दम्पत्ति विदेशमा छन् ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार  १३ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।