सुनचाँदीको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बिहीबार स्थानीय बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी तोलामा ३० रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८३५.४४ अमेरिकी डलर र चाँदी ८०.७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।