काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६०३ रुपैयाँ ७४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार, कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता ६४६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले २०८३ बैशाख २७ गते, आइतबार, कालीमाटी ब्यैङ्केट, कालीमाटी, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।










प्रतिक्रिया