काठमाडौँ । सामाजिक सुरक्षा कोषले घर किन्न एक करोड ५० लाख रूपैयाँसम्म ऋण दिने भएको छ । कोषले वैशाख ४ गतेबाट लागू हुने गरी ऋणको सीमा बढाएको हो ।
यसअघि कोषले ७५ लाख ऋण रूपैयाँसम्म दिँदै आएको थियो । वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिन सुरू गरेको हो ।
कोषले योगदानकर्ताका लागि घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी गरी चार शीर्षकमा ऋण (सापटी) सुविधा दिँदै आएको छ । योगदानकर्ताले धितो र मासिक किस्ता तिर्ने आफ्नो क्षमता अनुसार कर्जा लिन सक्ने छन् ।












प्रतिक्रिया