चलचित्र ‘राम नाम सत्य’ को कमाई कति पुग्यो ?

Film Income

काठमाडौँ । चलचित्र ‘राम नाम सत्य’ को कमाइ ३ करोड रुपैयाँ नाघेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार राम नाम सत्यले बैशाख १२ गते मध्यरातसम्ममा ३ करोड बढी आम्दानी गरेको हो ।

चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र राम नाम सत्य र पहाडको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार गत चैत २७ गतेदेखि प्रदर्शनमा आएको चलचित्र राम नाम सत्यले एक लाख १७ हजार ५६४ वटा टिकट बिक्री गर्दै ३ करोड ३१ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको उक्त चलचित्र माइकल चन्दले निर्देशन गरेका हुन् ।

त्यसैगरी, नयाँ वर्षकै अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पहाड’ले १९ हजार ५३९ वटा टिकटबाट ६१ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

सो चलभित्र तुलसी घिमिरेको लेखन तथा निर्देशन तयार भएको हो ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार  १३ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।