काठमाडौँ । कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च भएको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि कच्चा तेलको मूल्य ११९.७६ डलर प्रतिब्यारेल पुगेको हो । जुन सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च मूल्य हो ।
रुस–युक्रेन युद्धका कारण सन् २०२२ को फेब्रुअरी–मार्च तिर कच्चा तेलको मूल्य बढेर करिब १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।
कच्चा तेलको मूल्य अहिले उच्च हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो । ट्रम्पले इरानका बन्दरगाहहरुमा सैन्य नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएका थिए । ट्रम्पले इरान आफ्नो परमाणु बन्द गर्ने सम्झौताका लागि तयार नभएसम्म नाकाबन्दी जारी रहने बताएका छन् ।
यसको सिधा असर इरान नियन्त्रित स्ट्रेट अफ होर्मुज विश्वभर तेल ढुवानी हुने महत्वपूर्ण जलमार्ग (स्ट्रेट अफ होर्मुज समुद्री मार्ग)मा परेको छ । जसका कारण विश्वभर तेल र ग्याँसको ढुवानी प्रभावित हुँदा महँगी बढेको छ ।












प्रतिक्रिया