काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरुको सुधार र पुनर्संरचना गर्न अपरिहार्य रहेको बताएका छन् ।
गोरखापत्र प्रकाशनको १२६ औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उनले समयानुकूल ढंगले सार्वजनिक संस्थानलाई अघि बढाउन सरकारले आन्तरिक गृहकार्य गरिरहेको उल्लेख गर्दै संस्थानको हितलाई केन्द्रमा राखेर कर्मचारीले पनि थप जिम्मेवारी र उत्तरदायित्वका साथ काम गर्नुपर्ने जोड दिए ।
सञ्चारमन्त्री तिमिल्सिनाले अब समस्या मात्रै औँल्याएर नहुने भन्दै समाधानमुखी सोच र व्यवहार आवश्यक रहेको उल्लेख गरे । “आज भनेको भोलिको इतिहास हो । आज राम्रो काम गर्न सक्यौँ भने त्यसले भोलिको मार्गनिर्देशन गर्छ । आफुले काम गरिरहेका संस्था गर्व गर्न लायक हुने बनाउन कर्मचारीहरुले पनि उच्च मनोबलका साथ सक्रीयता देखाउनुहोला,” सञ्चारमन्त्री डा. तिमिल्सिनाले भने ।










प्रतिक्रिया