काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५४४.४९ अमेरिकी डलर र चाँदी ७६.३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया