आठ महिनामा वैदेशिक रोजगारी गएका १ हजार ८६ नेपालीको मृत्यु


काठमाडौँ । पहिलो आठ महिनामा वैदेशिक रोजगारीको सिलसिलामा एक हजार ८६ नेपालीको मृत्यु भएको छ ।

अर्थ मन्त्रालयले ‘आर्थिक सर्वेक्षण २०८२/८३’ मा एक हजार ८६ नेपालीको मृत्यु भएको र मृतकका परिवारका सदस्य तथा नजिकका हकवालाले क्षतिपूर्तिबापत ६३ करोड २२ लाख रुपैयाँ प्राप्त गरेको विवरण सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको क्रममा शारीरिक रुपमा अंगभंग तथा बिरामी भएका ६०१ कामदारले आर्थिक सहायता प्राप्त गरेका छन् । वैदेशिक रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकका तीन हजार ४८७ जना सन्ततिले शिक्षामा छात्रवृत्ति सुविधा लिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीको सिलसिलामा एक हजार ५८३ जना नेपालीले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।