एकैदिन तोलामा ५५ सयले घट्यो सुनको भाउ


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी तोलामा २१५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३७१.३५ अमेरिकी डलर र चाँदी ७१.८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।