विद्युतमा उठाएको भ्याट विद्युत् पूर्वाधारमै खर्च गर्ने हो : प्रधानमन्त्री शाह


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विद्युत्मा भ्याट उठाउने कुरा स्वीकार गर्दै त्यसको आवश्यकता भएको प्रष्ट पारेका छन् । संसद्मा प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री शाहले विद्युत्मा उठाएको भ्याट विद्युत् पूर्वाधारमै खर्च गर्ने बताएका हुन् ।

“अहिले वासिङ मेसिन, फ्रिज इन्डक्सन सहितका उपकरण देशभर सबैले प्रयोग गर्ने हो भने पुरै सिस्टम ध्वस्त हुन्छ । बलियो पूर्वाधार बनाउनका लागि पैसा चाहिन्छ,” शाहले भने, “त्यसमा पाँच प्रतिशत कर उठाउने भनेको हो । यो धेरै ठूलो छैन । तिर्न सकिने गरी नै व्यवस्था भएको छ ।”

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार  १४ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।