वीरगन्ज नाकाबाट १० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात


वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड रुपैयाँ मूल्यको खाद्यान्न आयात भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा तीन अर्ब ८७ करोड रुपैयाँ अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।

गत आवको १० महिनामा यहाँबाट २४ अर्ब ६६ करोड रुपैयाँ पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो ।

चालु आवमा १० अर्ब ९४ करोड रुपैयाँ मूल्य पर्ने धान, पाँच अर्ब ३१ करोड रुपैयाँ मूल्यको मकै आयात र दुई अर्ब ८५ करोड रुपैयाँको चामल आयात भएको छ । यसैगरी ५९ करोड रुपैयाँको माल्ट र ३३ करोड रुपैयाँ बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।