काठमाडौँ । अब स्थलमार्गबाट आउँदा ५०० रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार शुल्क नलाग्ने भएको छ । सरकारले स्थल सीमा नाकामा ओहोरदोहोर गर्दा १०० रुपैयाँ भन्दा बढीको सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएको हो ।
यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले पहिले १०० रुपैयाँसम्म रहेको सीमा बढाएर ५०० पु¥याएको छ ।
“ स्थलमार्गबाट सिमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाईमार्गबाट आवतजावत गर्नेसरहको सुविधा दिइएको छैन । तर, ५०० रुपैयाँ मूल्यसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लागेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ,” सूचनामा उल्लेख छ ।
यसअघि २०८२ जेठ १५ मा प्रकाशित सूचना अनुसार सीमा नाकामा १०० रुपैयाँ भन्दा माथिको वस्तु भित्र्याउन नपाउने गरी नियम राखिएको थियो । सो नियम कार्यान्वयन गर्दा केही साता अघि सीमा नाकामा तनाव भएको थियो ।










प्रतिक्रिया