काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि एवं संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशक्षिण प्रतष्ठिानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात् नेपाल पुलिस अन्तर्गतको राष्ट्रिय प्रहरी प्रशक्षिण प्रतष्ठिानसँग आवद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरू लगायत नेपाल पुलिसलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका विभिन्न बीमा योजनामा आवद्ध गरी सेवा प्रदान गरिने विज्ञप्तिमा भनिएको छ ।
सहकार्य अन्तर्गत आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुलिस फुटबल क्लबलाई आर्थिक सहयोग प्रदान गर्ने र उक्त सहयोगले क्लबको खेलकुद गतिविधि, खेलाडी विकास तथा संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।












प्रतिक्रिया