विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजीले ल्यायो ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना


काठमाडौँ । फुटबलको महाकुम्भ ‘विश्वकप’ को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ। नेपाली दर्शकहरूको यही उत्साह र फुटबलप्रतिको अपार मायालाई अझ भव्य बनाउन नेपालकै अग्रणी इलेकट्रोनिक्स ब्रान्ड सीजी (सीजी) र यसको प्रिमियम सिरिज ‘सीजी मेरिडिया’ (सीजी मेरिडिया) ले आफ्ना टेलिभिजनहरूमा आकर्षक ‘वर्ल्ड कप टु वर्ल्ड कप – ४ वर्षको खेल, ४ वर्षकै वारेण्टी १’ योजना सार्वजनिक गरेको छ।

फुटबलको खेल हरेक ४ वर्षमा आउने कुरालाई मध्यनजर गर्दै कम्पनीले उपभोक्ताको घरमा ४ वर्षसम्मकै ढुक्कको अनुभव प्रदान गर्न यो विशेष योजना ल्याएको हो।

योजना अन्तर्गत ३६ हजार रुपैयाँसम्मको महा–क्यासब्याकमा टिभी खरिदमा ग्राहकहरूले आकर्षक छुट स्वरूप ३६ हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, ४ वर्षको ढुक्कको वारेन्टीमा विश्वकपको ४ वर्षे साइकललाई थिम बनाएर कम्पनीले सीमित मोडलका टेलिभिजनहरूमा ४ वर्षको वारेन्टी प्रदान गरेको छ। यस अन्तर्गत ग्राहकले २ वर्षको पूर्ण वारेन्टी र थप २ वर्षको सर्भिस वारेन्टी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो योजना जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपाल अधिराज्यभरि लागू हुने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।