काठमाडौँ । शुक्रबार नेप्से ४.०० अंकले घटेर २७२४.०३ विन्दुमा कायम भएको छ । आज कारोबार रकममा भने वृद्धि भएको छ ।
शुक्रबार कारोबारमा आएका ३४२ कम्पनीका ९८ लाख ५६ हजार ५२५ कित्ता सेयरहरू ५४ हजार १७७ पटक किनबेच हुँदा ४ अर्ब ३४ करोड १० लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुग्दा कारोबार रकम ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँको कारोबार भएको थियो ।
शुक्रबार ९२ कम्पनीको सेयर बढ्दा १६७ कम्पनीको सेयर घटेको छ भने १२ कम्पनीको सेयर स्थिर रहेको छ ।
शुक्रबार सोपान फर्मास्युटिकल्स र एपोलो हाइइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको बजारमा ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.३१ प्रतिशतले बढेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको सेयर मूल्य ४.१७ प्रतिशतले बढेको छ भने हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।
यता, कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १०.६६ प्रतिशतले घट्दा सिटिजन्स बैंक डेभेन्चरको एकाई मूल्य ८.२८ प्रतिशत, एसबिएल डेभेन्चरको ७.०३ प्रतिशत, एसबिआई बैंक डेभेन्चरको ५.४४ प्रतिशतले र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.४३ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा सेन्ट्रल फाइन्यान्सको २५ करोड ५३ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा सिटी होटलको २४ करोड ८६ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।
आँखु खोला जलविद्युत कम्पनीको २२ करोड ६३ लाख ४६ हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । चौथोमा हिमाल दोलखा हाइड्रोपावरको १३ करोड ५६ लाख ६२ हजार रुपैयाँको कारोबार हुँदा रिलायन्स स्पिनिङ मिल्सको १२ करोड ९० लाख ३८ हजार रुपैयाँको कारोबार सहित पाँचौँ स्थानमा रहेको छ ।










प्रतिक्रिया