मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले वृद्धि


मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११.५ प्रतिशतले वृद्धि भएको छ । सरकारी तथ्याङ्कअनुसार आन्तरिक पर्यटक भ्रमण सङ्ख्या सन् २०२४ को २६ करोड एक लाखबाट बढेर सन् २०२५ मा २९ करोड एक लाख पुगेको हो ।

मलेसियाको तथ्याङ्क विभागले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक पर्यटकको खर्च पनि १३.६ प्रतिशतले बढेर १२१.३ अर्ब रिङ्गिट पुगेको छ ।

पर्यटक तथा एकदिने भ्रमणकर्ताको खर्चमा भएको वृद्धिले समग्र खर्च बढाउन सहयोग गरेको विभागले जनाएको छ । पर्यटकको खर्च १४.६ प्रतिशत तथा एकदिने भ्रमणकर्ताको खर्च १२.२ प्रतिशतले वृद्धि भएको छ ।

कुल आन्तरिक पर्यटक खर्चमध्ये पर्यटकको योगदान ५९.५ प्रतिशत रहेको छ, जुन सबैभन्दा ठूलो हिस्सा हो ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १८ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।