मातृभूमि लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने


काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

सो प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लम्की, कैलालीमा बिहान १० बजे सातौँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले एफपीओ निष्काशन गर्ने, सोपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।