काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन सरकार र सदनको ध्यानाकर्षण गराएका छन ।
सभाको आजको बैठकका आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नितिमा भण्डारीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ९ बाट वडा नं ७ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटालाई बुधबार राति तीन जनाको समूहको हमला गरी लुटपाट गर्ने उद्देश्यले चार ‘राउण्ड’ गोली चलाएको जानकारी गराउँदै जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृहप्रशासनको ध्यानाकर्षण गराए।
नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलमले रौतहटको राजपुर नगरपालिकाअन्तर्गत हुलाकी राजमार्गको पुलमुनि आज बिहान एक महिलाको शव फेला परेको जानकारी गराउँदै सो घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरे ।
रास्वपाका शिवशङ्कर यादवले सिरहामा सुविधासम्पन्न ‘बर्थिङ सेन्टर’ नहुँदा मातृशिशु मृत्युदर बढ्दै गएको उल्लेख गर्दै धनगढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाइ अस्पतालमा रहेको बर्थिङ सेन्टर तत्काल सञ्चालनमा ल्याउनमा माग गरे ।










प्रतिक्रिया