एकैदिन प्रतितोला ५८ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि उच्च गिरावट


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा १५५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०२७.०९ अमेरिकी डलर र चाँदी ५७.३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।