७ अंकले बढेको बजारमा ६ अर्ब २६ करोडको कारोबार


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७.९० अंक बढेर २७३४.६३ विन्दुमा कायम भएको हो ।

आज कुल १ करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयरहरु ७० हजार १५८ पटकमा ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँमा किनबेच भएका छन् । बुधबार ४ अर्ब ६९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

शुक्रबार एभरेष्ट कलर र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको छ । त्यस्तै, सगरमाथा जलविद्युत ६.८२ प्रतिशतले र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ५.९३ प्रतिशतले बढेको छ । यता, बोटलर्स नेपाल, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ ।

शुक्रबार कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज ३० करोड ९३ लाख १९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्राइस्टक्चर २७ करोड ३४ लाख ७४ हजार रुपैयाँको सेयर कारोबार हुँदा कुमारी बैंक २५ करोड ८१ लाख ३४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।