चुच्चे नक्सासहित नयाँ सिक्का तयार


काठमाडौँ । सरकारले चुच्चे नक्सासहितको डिजाइन सहित एक रुपैयाँको सिक्का तयार पारेको छ । आकाश भैरवको चित्र थप गरेर नयाँ डिजाइन तयार गरिएको हो ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बासहित तस्वीर राख्नेगरी स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको थियो । राष्ट्र बैंकलाई एक रुपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर ल्याउन सरकारले भनेको थियो ।

राष्ट्र बैंक ऐनमा कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्दा वा डिजाइन परिवर्तन गर्दा त्यसलाई मन्त्रिपरिषद्‍बाट स्वीकृत गराउनुपर्ने व्यवस्था बमोजिम नयाँ सिक्का मन्त्रिपरिषद् बैठकबाट पारित गराएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार, हाल रहेको एक रुपैयाँको सिक्का तयार पार्दा त्यो भन्दा बढी मूल्य पर्न गएकाले भार कम गर्नेगरी तौल र आकारमा परिमार्जन गर्न लागिएको हो ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  ०७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।