१२ लाख ९८ हजार राजस्व संकलन


काठमाडौँ । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट रु १२ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम गत आर्थिक वर्षमा सङ्कलन गरिएको हो ।

उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही गरिएको हो ।

गत आवमा उक्त जिल्लामा ६२ सवारीसाधन दुर्घटनामा परेका तथा तिनमा ३४ जनाको मृत्यु भएको जानकारी दिँदै उनले १७६ जना घाइते भएका बताए ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  ०९ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।