काठमाडौँ । नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन हुने भएपछि चन्द्रागिरि नगरपालिकाका स्थानिय विरोध प्रदर्शनमा उत्रिएका छन् । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले आफ्ना समस्याहरू सम्बोधन हुनुपर्ने भन्दै दबाब स्वरुप प्रदर्शन गरेको हो ।
पीडित बासिन्दाहरूले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने र सडक पेटी फराकिलो बनाउनुपर्ने लगायतका माग राखेका छन् ।
आयोजनाबाट प्रभावित पीडितहरूलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको उचित व्यवस्था हुनुपर्ने र फ्लाई ओभरको काम यथाशीघ्र सुरु गर्नुपर्ने लगायतका माग राखेका छन् ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्न लागिएको हो । उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।














प्रतिक्रिया