नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने


काठमाडौँ । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि अनिवार्य विस्तृत कार्य विवरण (जव डिस्क्रिप्सन) उल्लेख गर्नुपर्ने छ ।

युवा श्रम तथा रोजगार मन्त्रालयको यही साउन १३ गते मन्त्रिस्तरीय निर्णयसँगै कामको प्रकृतिको विस्तृत विवरण आजदेखि पेस गर्नुपर्ने भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले गन्तव्य मुलुक, सेवा–सर्त, पारिश्रमिक, अन्य सुविधाका सम्बन्धमा दुई पक्षबीच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार  ११ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।