आज यी जिल्लामा आकस्मिक बाढीको जोखिम


काठमाडौँ। वर्षासँगै देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, म्याग्दी, जुम्ला, दैलेख र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही ठूलामा नदीमा बहाव सामान्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  ०९ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।