काठमाडौँ । जीवन बीमा कम्पनीहरुले तलबभत्तामा ७ अर्ब २९ लाख रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीहरुको यो शीर्षकमा जाने खर्च ५.०५ प्रतिशतले बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीहरुले कर्मचारीहरुको तलबभत्तामा ६ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खर्च गरेका थिए ।
समीक्षा वर्षमा सबैभन्दा धेरै कर्मचारीको तलबभत्तामा हिमालयन लाइफले ९० करोड २७ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ८५ करोड ९४ लाख रुपैयाँ खर्च गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ५.०५ प्रतिशतले बढेको छ ।
यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ । अघिल्लो वर्ष नेपाल लाइफले ८८ करोड ७४ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा वर्षमा ५.३६ प्रतिशतले घटेर ८३ करोड ९८ लाख रुपैयाँमा झरेको छ।
तेस्रोमा सूर्यज्योति लाइफ रहेको छ। गत आर्थिक वर्षमा यो कम्पनीले ६८ करोड ५५ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीले ६५ करोड ७१ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो खर्च ४.३३ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा नेसनल लाइफले ५४ करोड ६३ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५ करोड ५ लाख रुपैयाँ खर्च गरेको थियो । यस हिसाबले कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च ८.१० प्रतिशतले बढेको छ ।
सबैभन्दा कम खर्च गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । यो कम्पनीको खर्च पनि २.१५ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षमा कम्पनीले कर्मचारीको तलबभत्तामा १६ करोड ६९ लाख रुपैयाँ खच गरेको कम्पनीले अघिल्लो वर्ष कम्पनीले १७ करोड ६ लाख रुपैयाँ खर्च गरेको थियो ।





प्रतिक्रिया