चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा ‘विस्तारित ब्रिक्स’ सहकार्यका लागि पाँचवटा महत्वपूर्ण पहल प्रस्ताव गरेका छन।
नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति सीले ‘विस्तारित ब्रिक्स’ले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन।
उनले उदीयमान बजारमा आधारित तथा ग्लोबल साउथसँग निकट रूपमा जोडिएको आफ्नो विशेषतालाई ‘विस्तारित ब्रिक्स’ले प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताए। साथै, पारस्परिक लाभ र साझा जितका लागि खुलापन तथा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।





प्रतिक्रिया