जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल


काठमाडौँ । नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा आज छलफल भएको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा भएको उक्त छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सहसचिव मोनिका झा, वनस्पति विभागका महानिर्देशक डा सञ्जीवकुमार राई र विभागका वरिष्ठ वैज्ञानिक अधिकृत तथा मन्त्रालयका पदाधिकारीहरूको समेत रहेको थियो ।

प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार  १७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।