काठमाडौँ । आइतबारदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्न शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै सडक उपभोग दस्तुर बापत कात्तिक १५ गतेदेखि शुल्क लिने जानकारी गराएको हो।
जारी सूचना अनुसार वर्ग १ अर्थात कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्ने छ ।
यसैगरी वर्ग २ अर्थात मिनी बस, मिनी टिपररट्रक काठमाडौँ प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ।
यसैगरी वर्ग ३ अर्थात बस, ट्रक काठमाडौँ प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। वर्ग ४ अर्थात मल्टी एक्सल ट्रकरसवारी साधन, भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने छ ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाअनुसार सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्ग अनुसार शुल्क लिने व्यवस्था गरिएको छ ।








