काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८३ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिइएको छ ।
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको रजिस्ट्रारको कार्यालयमा दिन सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन पेस नभएमा मात्र अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।








