एनपिएल –३ : आज दुई खेल हुँदै


काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार पहिलो खेल मध्याह्न १२ः३० तथा दोस्रो खेल अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने तालिका छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८३, बिहिबार  १० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।