अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी


काठमाडौँ । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो ।

उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि सहुलियत अनुदान सजिलै मिलाइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा पार।  ५ करोड ८० लाख ठगी गरेका थिए । काठमाडौँ जिल्ला अदालतको अनुमतिमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ । 

प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार  ०९ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।