काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले र चाँदी १०५ रुपैयाँले घटेको हो ।
शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९९६.६६ अमेरिकी डलर र चाँदी ५१.३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








