विपद् प्रभावितलाई थप १६ लाख सहयोग


काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप १६ लाख ३३ हजार एक रुपैयाँ सहयोग गरेको छ ।

सङ्घले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकममध्ये सङ्घको तर्फबाट एक लाख आठ हजार ४०१ रुपैयाँ र अन्तरराष्ट्रिय साझेदार संस्था अर्बिस इन्टरनेशनलबाट १५ लाख २४ हजार ६०० रुपैयाँ प्राप्त भएको हो ।

यसअघि सङ्घले कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ रुपैयाँ सहयोग रकम जम्मा गरिसकेको जनाएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८३, शुक्रबार  १५ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।